Logo

गुल्मीमा घुम्ती शिविरबाट ७४ वर्षीया वृद्धालाई नागरिकता प्रदान



Spread the love

२५ बैशाख, गुल्मी – जिल्ला प्रशासन कार्यलय गुल्मीले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट ७४ वर्षीय वृद्धाले नागरिकता प्राप्त गरेकी छन् । जिल्ला प्रशसन कार्यलय गुल्मीले जिल्लाको विकट मानिने मालिका गाउँपालिकामा हिजो देखी सञ्चालन गरेको एकीकृत घूम्ती शिविरबाट मालिका गाउँपालिका वडा नम्वर ५ की ७४ वर्षीय सुन्तली बस्नेतले नागरिकता प्राप्त गरेकी हुन् ।

बस्नेतले चरम गरिबि तथा नागरिकता आवश्यक नठानेर अहिलेसम्म नागरिकता नबनाएको जिल्ला प्रशशान कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारि दिएका छन् ।नागरिकता बनेसँगै वृद्ध भत्ता पाउने कुराले उनि खुसि भएको प्रशासकिय अधिकृत पाण्डेले बताए ।

त्यस यता जिल्लाको सबै भन्दा विकट मानिने कालिगण्डकी गाउँपालिकामा फागुन २२ र २३ गते सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट कालिगण्डकी गाउँपालिका खड्काकोट की १०१ वर्षीय वृद्धा पविदेवी थापाले नागरिकता लिएकी थिइन् । त्यस्तै, चैत ८ र ९ गते जिल्लाको चन्द्रकोट गाँउपालिकामा सञ्चालन गरिएको घुम्ती शिविरबाट वडा नम्बर २ का ७५ वर्षीय दल बहादुर गुरुङले नागरिता लिएका थिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका ४ वटा गाँउपालिकामा एकीकृत घुम्ती सेवा प्रदान गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्