Logo

मुख्यमन्त्री रनिङ शिल्डमा रुपन्देही प्रथम



Spread the love

२६ बैशाख, रूपन्देही – सामाजिक विकास मन्त्रालय प्रदेश ५ ले आयोजना गरेको मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा रुपन्देही प्रथम भएको छ ।

हिजो सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ३ कास्य पदकसहित रुपन्देहीले रु एक लाख, शिल्ड र ट्रफी जित्यो । ३ स्वर्ण र ८ कास्यसहित दाङले द्वितीय हुँदै रु ७० हजार पुरस्कार प्राप्त गर्यो ।

२ स्वर्ण, १ रजत र ३ कास्यसहित बाँके तृतीय भयो । बाँकेले रु ५० हजार र ट्रफी प्राप्त गर्यो । प्रतियोगितामा २ स्वर्ण, १ रजत र २ कास्यसहित गुल्मी चौथो, नवलपरासी १ स्वर्ण, २ कास्य र ४ रजत, बर्दियाले १ स्वर्ण, २ रजत र १ कास्य, रुकुम पूर्वले १ स्वर्ण र १ रजत, पाल्पाले ३ रजत र १ कास्य तथा अर्घाखाँचीले एउटा कास्य पदक प्राप्त गर्यो ।

प्रतियोगितामा रुपन्देहीका प्रताप खवास र दाङकी भावना डाँगी उत्कृष्ट खेलाडी भएको प्रचार प्रसार संयोजक कुमार आलेले जानकारी दिए ।

विजयी खेलाडीलाई सामाजिक विकासमन्त्री सुदर्शन बरालले पुरस्कार वितरण गरे । प्रतियोगिता अन्तर्गत हिजै सम्पन्न पुरुष भलिबलको फाइनलमा नवलरासीलाई ३–० को सोझो सेटमा हराउँदै रुपन्देहीले स्वर्ण जित्यो । महिला भलिबलमा रुपन्देहीलाई ३–० को सेटमा पराजित गरी दाङले स्वर्ण हात पार्यो । प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, तेक्वान्दो, बुद्धिचाललगायत खेलमा १२ जिल्लाका ४२० खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्