Logo

गुल्मीमा लागेको आगो ९ घण्टा पछि नियन्त्रणमा



Spread the love

तारा कँडेल


२६ वैशाख  , गुल्मी – गुल्मीको सामुदायिक वनमा लागेको आगो ९ घण्टा पछि नियन्त्रणमा आएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौंघाको पानी घट्टा सामुदायिक वनमा हिजो साँझ ७ बजेबाट लागेको आगो आज बिहान २ बजे नियन्त्रणमा आएको प्रहरी चौकी खज्र्याङगले जानकारी दिएको छ ।

स्थानीयवासी तथा प्रहरीको लामो प्रयास पछि आगो नियन्त्रणमा आएको हो । आगलागिबाट ११ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक जङ्गल पूर्ण रूपमा नष्ट भएको  छ । मसालेदार बिरुवाले भरिपूर्ण उक्त हरियाली जङगल नष्ट भएपनी आगो बस्तीमा पस्नबाट भने प्रहरी र स्थानीयले बचाएका छन् ।

आगो कसले र किन लगायो भन्ने कुरा अझै नखुलेको र अनुसान्धन भईरहेको प्रहरी चौकी खज्र्याङगले जानकारी दिएको छ ।

यसो त गुल्मीका केही मिडियाले आगलागिबाट ४ घर जलेर नष्ट भन्ने समाचार लेखे पनि उक्त कुरा सत्य नभएको प्रहरीले बताएको छ ।

आगलागी बाट कुनै मानवीय क्षेती नभएको र घर गोठ केही पनि नजलेको प्रहरीले प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्