Logo

बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आक्रोशित



Spread the love

 

२६ वैशाख, काठमाडौं । काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीयवासी आक्रोशित हुदै आन्दोलनमा उत्रिएका छन् । करिब दुई वर्षदेखि चाबहिलबाट बौद्ध जोड्ने सडक कालोपत्रे नगरी अलपत्र छोडेको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रेका हुन् ।

बौद्ध र जोरपाटी क्षेत्रका व्यापारीहरु सटर बन्द गरेर सडकमा उत्रेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले सडकमा उत्रिएका स्थानीयबासीमाथि लाठीचार्ज गर्न सुरु गरेसंगै अवस्था तनावग्रस्त भएको छ।

चाबहिल–बौद्ध–जोरपाटी सडकखण्ड पिच गर्न भत्काएर अलपत्र छोडेको दुई वर्ष भइसकेको छ। तर , ठेकेदारको लापरबाहीको कारण धार्मिक तीर्थस्थल बौद्ध स्तुपा रहेको क्षेत्र अस्तव्यस्त भएको छ।

यो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलाम्मे हुने समस्या छ ।  सरकारले पटक पटक आग्रह गर्दा पनि ठेकेदारले विभिन्न बहानामा यो सडक निर्माण पुरा गरेको छैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्