Logo

निर्मलालाई देवर-भाउजूको प्रेमले जिउँदै जलायो



Spread the love

२६ वैशाख,काठमाडौं। मुकेश गोइतले भाउजूसँगको प्रेम लुकाउन आफ्नै श्रीमती निर्मला यादवलाई जिउँदै जलाएर हत्या गरेका छन्। वैशाख ५ गते धनुषाको शहिद नगरपालिका निवासी मुकेशले हातखुट्टा बाँधेर निर्मलाको शरीरमा आगो लगाएका थिए।

उक्त घटनामा निर्मलाको शरीरको छाला धेरै जलेको थियो। जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि उनलाई काठमाडौं ल्याइएको थियो। वैशाख १६ गते उपचारका क्रममै निर्मलाको मृत्यु भएको थियो।

भाउजू श्यामादेवी यादवसँग विवाहअघि नै मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसक्दा निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए।

एसपी खनालका अनुसार श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्