Logo

दुई मिनेटमै आइपीएल फाइनलको टिकट सक्दा भारतीय क्रिकेट बोर्ड माथि उठ्यो प्रश्न



Spread the love

२६ वैशाख,काठमाडौँ । मे १२ मा हुने आइपीएल फाइनलको टिकट दुई मिनेटमै सक्दा आयोजक भारतीय क्रिकेट बोर्डमाथि विभिन्न प्रश्नहरु उठ्न थालेका छन्।

मंगलबार बिना कुनै जानकारी फाइनलको टिकट बीसीसीआईले बिक्री खुला गर्दा बिना कुनै जानकारीको टिकट खुलाएपनि दुई मिनेटमा सबै टिकट विक्रि भएको भन्दै बीसीसीआईमाथि पारदर्शिताको प्रश्नहरु उठेका हुन्।

यसअघि नै आइपीएलको फाइनलमा मुम्बई पुगिसकेको छ भने शुक्रबार हुने दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सबीचको दोस्रो क्वालिफायर्सको विजेता टोली फाइनलमा पुग्ने अर्को टोली हुनेछ।

प्रतिक्रिया दिनुहोस्