Logo

एसईईको उत्तरपुस्तिका जाच्न छाडेर शिक्षकहरु उत्रिए आन्दोलनमा



Spread the love

२७ वैशाख, काठमाडौं। चैतमा सम्पन्न एसईईको उत्तरपुस्तिका जाच्न छोडेर शिक्षकहरु आन्दोलनमा उत्रेका छन्। परीक्षणवापतको रकम बढाउनुपर्ने माग राख्दै उत्तरपुस्तिकालाई अलपत्र पारेर उनीहरुले परीक्षण केन्द्रमै ताला लगाएका छन्।

परीक्षण नै प्रभावित हुनेगरी आन्दोलनमा उत्रेपछि उनीहरुको सर्वत्र आलोचना भईरहेको छ। उनीहरुले भने परीक्षणवापत पाउनु पर्ने रकम नबढाएसम्म ताला नखोल्ने र आन्दोलनलाई जारी राख्ने बताएका छन्।

आन्दोलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघ आन्दोलनमा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्