Logo

प्रहरीलाई बर्दीको दम्भ, बिच सडकमै कुटिए सर्वसाधारण



Spread the love
सांकेतिक तस्बीर

२८ बैशाख, गुल्मी – देश र जनताको सुरक्षमा घटिएका प्रहरीले बिच सडकमा सर्वसाधरणलाई कुटपिट गरे भन्दा अच्चम लाग्न सक्छ । तर प्रदेश नम्वर ५ को पहाडी जिल्ला गुल्मीको सदरमुकाम तम्घास स्थित मिलनचोकमा स्थानीय ३१ वर्षीय रेमलाल वस्याल प्रहरीद्वारा कुटिएका छन् ।

बस्याल मोटर साईकल चलाईरहेको समयमा एक नानीसँग झन्डै दुर्घटना भएन । त्यो घटना सामान्य नै भएता पनि प्रहरी प्रशासन जनता प्रति कत्तिको बफादार छ भन्ने कुरा भने त्यो घटनाले प्रष्ट पारेको छ । दुर्घटना हुनबाट बचेकी नानी थिईन ट्राफिक प्रहरी स्याङ्जामा कार्यरत ट्राफिक प्रहरी शिवलाल जिसीकी छोरी ।

घटना देख्नासाथ ट्राफिक प्रहरी जिसी झम्टिन लागे । मोटरसाईकल चालक वस्याललाई उनले कुटेनन् मात्र ।  “म प्रहरी हुँ मलाई कसैले केही पनि गर्न सक्दैन र प्रहरी कार्यालय पनि जान पर्दैन” भन्दै दम्भ समेत देखाए ।

स्थानीय तथा पिडीत वस्यालले भने “कुटिरहेको बेला जिल्ला ट्राफिक कार्यालय गुल्मीमा कार्यरतको नाम स्पष्ट देखिएन तर अधिकारी थर गरेका ट्राफिक प्रहरीले यस्तालाई नकुटेर कस्तालाई कुटने त भने ।”

शुक्रबार जिल्ला अस्पताल गुल्मीमा उपचार गराई फर्किएका वस्यालले सल्लेरी खबरसँग कुराकानि गर्दै भने “सदरमुकमा तम्घासको चोकमा त यसरि दिउसै सर्वसाधारण कुटिन्छन् भने अझ दुर्गमको अवस्था के होला ?”

जिसीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको थियो भने मापसे जाँच गर्न स्थानीयले माग गरेका थिए । तर प्रहरीले केही समय पछि भन्दै आनकानी गरेको थियो  ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सिमित राजनीतिक दलका प्रतिनिधि तथा सिमित पत्रकारलाई मात्र भित्र प्रवेश गर्न दिइएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्