Logo

गुल्मी दरबार गाउँपालिकामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार बढी लाभान्वित



Spread the love

२८ बैशाख, काठमाडाैँ – गुल्मी दरबार गाउँपालिकाको आयोजनामा एकीकृत बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्मपन्न भएको छ । गाउँपालिकाले सबै वडामा उक्त शिविर आयोजना गरेको थियो ।

बलिथुम, जुभुङ्ग, गौडाकोट, , बिरबास, अमर अर्बाथोक, चारपालामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा मुटु रोग ,पाठेघर क्यान्सर , पत्थरी ,आई यु.सि.डि., भिडियो एक्सरे जस्ता सेवा उपलब्ध गराइएको थियो । ६ दिनसम्म सञ्चालित उक्त शिविरबाट महिला पुरुष गरि २ हजार १ सय ४४ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

आफ्नै गाँउघरमा जटिल रोगको उपचार पाउँदा स्थानीय जनता हर्षीत भएका छन् । यता गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले सल्लेरी खबरसँग कुराकानी गर्दै भने “जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँमै शिविरको आयोजान गरिएको हो ।” साथै सबै वडाका स्वास्थ्य शाखा कार्यालयलाई थापाले धन्यवाद ज्ञापन समेत गरेका छन् ।

गत बैशाख २२ गते गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले एक समारोहका साथ शिविरको उद्घाटन गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्