Logo

डेभिड लुइजले चेल्सी बसाई लम्ब्याए



Spread the love

२९ बैशाख, काठमाडाैँ – ब्राजिली डिफेन्डर डेभिड लुईजले लण्डन क्लब चेल्सीसंगको अनुबन्धन २ बर्ष थप गरेका छन् । प्रिमियर लिगमा प्रभावशाली प्रर्दशन गर्दै आएका लुईजले सन् २०२१ सम्म क्लबमै रहने निर्णय गरेका हुन् ।

क्लबसंग लुईजको सम्झौता यसै सिजनको अन्तिममा सकिदै थियो । उनले सबै सम्भावनालाई बन्द गर्दै चेल्सीमै बस्ने निर्णय लिएका हुन् । ३२ बर्षका डिफेन्डरले मुख्य प्रशिक्षक माउरिजियो सर्रीको योजनामा आफुलाई प्राप्त गरेपछि लण्डन बसाईलाई निरन्तरता दिने निर्णयमा पुगेका हुन् ।

चेल्सीका निर्देशक मारिना ग्रानोभास्कायाले क्लबको हरेक सफलतामा लुईज केन्द्रमा रहेको भन्दै सम्झौता नविकरणले चेल्सी प्रसन्न भएको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्