Logo

भियतनामी प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको सम्मानमा रात्रिभोज



Spread the love

–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी

२९ वैशाख, भियतनाम – भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली हिजो भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भएका छन् । प्रधानमन्त्री ओली यही वैशाख २६ गतेदेखि भियतनामको चारदिने औपचारिक भ्रमणमा रहेका छन् ।

सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिइन् । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको पनि रात्रिभोजमा सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्