Logo

चलचित्र ‘१२ सत्ताईस’को निर्माण घोषणा



Spread the love

जौन योन्जनले लेखन र निर्देशन गर्न लागेको चलचित्र ‘१२ सत्ताईस’को औपचारिक निर्माण घोषणा गरिएको छ ।

योन्जनले फागुन १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘द ब्रेकअप’का निर्देशक हेमराज बिसीसँग टिमअप गरेका छन् । निर्देशक हेमराज बिसीले नयाँ चलचित्र ‘१२ सत्ताईस’ उत्कृष्ट बन्ने र दर्शकको मन जित्ने दाबी गरेका छन् ।

चलचित्रमा रेणु राणा, दीपक खतिवडा र रुपक थापाको संयुक्त लगानी गर्ने भएका छन् । चलचित्रको मुख्य भुमिकामा अविषेक नेपाल, समिर श्रेष्ठ, अस्मिता लामिछाने, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारहरुको अभिनय रहने छ ।

चलचित्रमा दीपक आजेको संगीत रहने छ । अनिस स्यांदेनले छायाँकन गर्ने चलचित्रलाई कृष्ण भण्डारीले सम्पादन गर्ने छन् । निर्देशक योन्जनको नै कथा, पटकथा र संवाद रहने छ ।

प्रतिक्रिया दिनुहोस्