Logo

काङ्ग्रेसले जनताको विश्वास जित्नुपर्छ



Spread the love

 ३० बैशाख, मोरङ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले जनताले विश्वास जित्नेगरी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल महिला सङ्घको मोरङको दुुईदिने प्रशिक्षण कार्यक्रमको हिजो विराटनगरमा उद्घाटन गर्दै उनले काङ्ग्रेसप्रति जनताका विश्वास जोडिएकाले समयसापेक्षरुपमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

वरिष्ठ नेता पौड्यालले पार्टीलाई सङ्गठित बनाउन काङ्ग्रेस पार्टीको महाधिवेशन समयमा हुुनुुपर्ने अन्यथा सङ्गठन कमजोर हुने बताए । उनले विगतमा निर्वाचनमा पार्टीभित्रको आन्तरिक अन्तरद्वन्द्वका कारण पराजय भोग्नुुपरेकाले तोकिएको समयमा पार्टीको महाधिवेशन गरेर काङ्ग्रेसलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्र हरेक तहमा महिलालाई ५० प्रतिशत आरक्षण हुुनुुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले नेतृत्वको अन्तरकलहका कारण पार्टी कमजोर भएको बताउँदै काङ्ग्रेसभित्र रहेको विश्वासको सङ्कट नेतृत्व तहले सच्याउनुपर्ने आवश्यकता भएको बताए ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले काङ्ग्रेस महासमितिले गरेको निर्णयलाई केन्द्रिय समितिले उल्टाउन नमिल्ने बताए । यसैगरी अर्का केन्द्रीय सदस्य महेश आचार्यले संवैधानिक अङ्गमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको विधानविपरीत काङ्ग्रेस नेतृत्वले अलोकतान्त्रिक काम गरेकै कारण पार्टीले दूरावस्था भोग्नुपरेको बताए ।

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सरकार लोकतान्त्रिक मुूल्यमान्यतालाई बिर्सेर अघि बढेकाले सही बाटोमा ल्याउने कार्य गरिरहेको बताए । काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, गुुरुराज घिमिरे, हसन अन्सारीलगायतले पार्टीभित्र आन्तरिक एकतमा जोड दिएका थिए । नेपाल महिलासङ्घ मोरङ सभापति शान्ता पौडेलको सभापत्विमा भएको कार्यक्रममा पूर्वमन्त्री कमला पन्त, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महिलासङ्घ झापा सभापति सुशीला ढकाल, सुनसरी सभापति विजया कटवाल, सङ्खवासभा सभापति निरु बस्नेत, महिला सङ्घ सचिव प्रमिला थापाले पार्टीमा महिला सहभागिता विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्