Logo

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा हङकङलाई नेपालले ७ विकेटले हरायो



Spread the love

hfhबंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताबाट बाहिरिइसकेका नेपालले अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको छ ।एकदिवसीय मान्यताप्राप्त हङकङ विरुद्ध ७ विकेटको शान्दार जित दर्ता गर्दै नेपालले एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको यात्रा अन्त्य गरेको छ। हङकङले दिएको २ सय १५ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ४४ ओभर २ बलमै पुरा गर्‍यो।

नेपालका ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । दिपेन्द्र सिंह ऐरीले ८३ बलमा अविजित ६० रन बनाए । उनले ५ चाैका र १ छक्का हाने । उनले ४५ अाैँ अोभरको दोस्रो बलमा छक्का हानेर शानदार जित दिलाएका हुन् ।

शरद भेषावकरले ५१ बलमा अविजित ५५ रन बनाए । उनले ३ छक्का ३ चौका हानेका थिए । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले ११ चौकाको मद्धतमा ८२ बलमा ७० रन बनाए । आशिफ शेखले २३ बलमा ८ रन बनाए । यस्तै दिलिप नाथले २९ बलमा १२ रन बनाए । दुई विकेट लिएर ७० रन बनाएका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय १४ रन जोडेको थियो। यसक्रममा कप्तान अंशुमन राथले ५१ र क्यामरन म्याकुलसेनले ४३ रन जोडे। नेपालका लागि अभिनाश कर्णले ३, सुसान भारी, ज्ञानेन्द्र मल्ल र भुवन कार्कीले समान २ तथा सन्दिप लामिछानेले १ विकेट लिए।

यसअघिका दुवै खेल गुमाएको नेपालले हङकङसँग सान्त्वना जित निकालेको हो । प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान तथा दोस्रो खेलमा बंगलादेशको २३ वर्षमुनिको टिमसँग पराजित भएको थियो। प्रतियोगितामा सुरुवाती दुई खेल जित्ने पाकिस्तान र बंगलादेशले सेमिफाइनल यात्रा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्