Logo

‘नेपाल आइडल २ का अमित बरालको ‘यता मेरो रगतले ‘ गीत रिलिज (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाल आइडल सिजन २ का अमित बरालको स्वरमा रहेको पहिलो गीत ‘यता मेरो रगतले ‘ सार्वजनिक भएको छ ।

वैदेशिक रोजगारका लागि बिदेश गएको युवाले निर्दोष हुदाँ हुँदै पनि सजाय भोग्नु परेको मार्मिक भावनालाई यस गीत मार्फत अमित बरालले प्रस्तुत गरेका छन् । गीतमा मुख्य भूमिकामा नायक दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने रहेका छन् ।

गीतमा मोनी गौतमले शब्द र रचना गरेका छन् भने एन के ब्रदरले संगीत भरेका छन् । फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । राम लुइटेलले निर्माण गरेको गीतलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/U-piLTxFFgE

प्रतिक्रिया दिनुहोस्