Logo

भक्तपुरलाई हराउँदै बनेपा फाइनलमा, फाइनलमा लागि चाबहिल स्पोर्ट्स सेन्टरसँग भिड्ने



Spread the love

१ जेठ, काठमाडौं – नेपाल आईस बीबीसी कप फुटबल प्रतियोगिताको उपाधिका लागि बनेपा स्पोर्ट्स सेन्टर र चाबहिल स्पोर्ट्स सेन्टरबीच प्रतिस्पर्धा हुने भएको छ ।

काभ्रेको बनेपामा मंगलबार भएको पहिलो सेमिफाइनलमा रिलि एफसी भक्तपुरलाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै बनेपाले फाइनलमा स्थान पक्का गरेको हो । खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

यस्तै दोस्रो सेमिफाइनलमा चाबहिलले पद्मज्योति काभ्रेलाई १-० ले पराजित गर्यो । चाबहिलको जितमा सुशान्त श्रेष्ठले निर्णायक गोल गरे ।

बनेपा ब्वाईज क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पाउने छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही ५ हजार पाउनेछन् । अनुशासित टिमले १० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्