Logo

विशाखापट्टनमका एलभी रेवन्तले जिते नवौं संस्करणको इन्डियन आइडल



Spread the love

विशाखापट्टनमका एलभी रेवन्तले इन्डियन आइडलको अवार्ड जितेका छन् । आइबार राति भएको फाइनलमा दक्षिण भारतीय चलचित्रमा गीत गाइसकेका एलभी रेवन्तले नवौं संस्करणको इन्डियन आइडलको अवार्ड जितेका हुन् ।

सचिन तेन्दुलकरले विजेताको रुपमा रेवन्तको नाम घोषणा गरेका हुन् ।

indian

रेवन्तले खुदाबख्श र पिभिएनएस रोहितलाई पछि पार्दै अवार्ड जितेका हुन् । खुदाबख्श फस्ट रनर–अप र रोहित सेकेण्ड रनर–अप बने । रेवन्तले अवार्डसहित २५ लाख भारु नगद पुरस्कार पाएका छन् । यस्तै महिन्द्र केयुभी र सोनाी इन्टरटेनमेन्ट कम्पनीबाट उनले गीत गाउन पनि पाउने छन् ।

खुदाबख्श पञ्जावका हुन् भने रेवन्ट र रोहित आन्ध्र प्रदेशका हुन् । अवार्ड जितेका रेवन्तले बाहुबली चलचित्रको गीत गायका छन् ।इन्डियन आइडलको फाइनलमा अहिले कपिल शर्मा सोमा नआएका डा. मशहूर गुलाटी अर्थात सुनिल ग्रोभर र रिंकु भाभीको प्रस्तुति पनि थियो ।

प्रतिक्रिया दिनुहोस्