Logo

बौद्ध–जोरपाटी सडकमा कालोपत्र सुरु



Spread the love

२ जेठ, काठमाडौँ । लामो समयदेखि अलपत्र रहदै आएको चाबहिल–साँखु सडकखण्ड अन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र सुरु भईसकेको छ । टुसालबाट जोरपाटीतर्फको कालोपत्र ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले सुरु गरेको हो ।

हिलोले र धुलोले हैरान बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी लगायत सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए ।

सडकमा उत्रिएका आन्दोलनकारी र ठेकेदार कम्पनी युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएसंगै कालोपत्र गर्न सुरु गरिएको हो।आइतवारदेखि कालोपत्र गर्नुअघि रोलर लगाउने, सवबेस, बेस बनाउने काम सुरु भएको थियो भने अहिले कालोपत्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्