Logo

बंगलादेशद्वारा आयरल्यान्ड ६ विकेटले पराजित



Spread the love

२ जेठ, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत बुधवार भएको खेलमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेकोे छ ।

२ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४३ ओभरमा ४ विकेटको नोक्सानीमा सहजै लक्ष्य भेटायो। बंगलादेशका लागि लिटन दासले ६७ बलमा सर्वाधिक ७६ रन बनाए । त्यस्तै तामिम इकवाल ५७, सकिब अल हसन ५०, मुश्फिकुर रहिम ३५, महमुदूल्लाह ३५ र मोसाद्धक हसनले १४ रन जोडे । आयरल्यान्डका बोयड रनकिनले २,मार्क अदिर र बरी म्याकर्थीले समान १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ९२ रन बनाएको थियो ।ओपनर पल स्टर्लिङले शतक प्रहार गरेपनि टोली भने हार बाट बच्न सकेन । गत ईपीएलमा चितवन टाईगर्सबाट समेत खेलेका स्टरलिङले १ सय ४१ बलको सामना गर्दै १ सय ३० रनको महत्वपूर्ण योगदान दिएपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन ।त्यस्तै, कप्तान विलियम पोर्टरफिल्डले १ सय ६ बलको सामना गर्दै ९४ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेन ।

बंगलादेशका लागि आवु जायदले ९ ओभरमा ५८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै मोहम्मद सैफुद्दीनले २ र हसन रुविलले १ विकेट हात पारे । शुक्रबार उपाधिका लागि वेस्ट इन्डिज र बंगलादेश आमने सामने हुने छन् ।

प्रतिक्रिया दिनुहोस्