Logo

पुरानो राष्ट्रिय गान बजाउँदा दुई युवक पक्राउ



Spread the love

२ जेठ, बुटवल । प्रहरीले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको भन्दै बुटवलबाट दुइ युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र रहेका छन् ।

वैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित एक कार्यक्रममा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्टै पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिएका छन् ।

प्रहरीको नियन्त्रणमा रहका प्रितमले हिरासतमै अनसन सुरु गरेका छन् । केसीको जीवन रक्षा र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवार र शाही युवा शक्ति नेपालले माग गरेका छन् ।

शाही युवा शक्ति नेपालले भने दुबैलाई २४ घण्टाभित्र नछाडे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्