Logo

हिमाल आरोहणका क्रममा दुई पर्वतारोहीको मृत्यु



Spread the love

२ जेठ, ताप्लेजुङ। बुधबार साँझ कञ्चनजङ्घा हिमाल आरोहण गरेर फर्किदै गर्दा दुई भारतीय आरोहीको मृत्यु भएको छ ।

आरोहण गरेर फर्किरहेका भारतको कोलकत्ताका विप्लव वैद्य र कुन्तल करारको मृत्यु भएको पीक प्रमोशन प्रालिका अध्यक्ष केशव पौडेलले जानकारी दिए।

त्यस्तै , अर्का एक पर्वतारोही भने बेपत्ता छन्। उनीहरु सबै पीक प्रमोशन प्रालिमार्फत् कञ्चनजङ्घा आरोहणका लागि गएका थिए। उनीहरुको पाँच हजार दुई सयभन्दा माथि नै मृत्यु भएको आरोहणमा गएका नेपालीलाई उद्धृत गर्दै पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्