Logo

नेपालको लगातार तेस्रो हार



Spread the love

३ वैशाख, काठमाडौं । एसिया कप ह्विल चियर टी–२० क्रिकेटमा आयोजक नेपालले तीनै टिमसँग पराजय भोगेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भयो । २७० रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको नोक्सानीमा १३९ रन मात्रै बनाउन सक्यो ।नेपालका कप्तान दिगमसिंह चेम्जोङले ४७, सागर पाण्डेले ३० र होमनाथ राईले १६ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको नोक्सानीमा २६९ रन बनाएको थियो । पाकिस्तानका मोहमद लातिफले सर्बाधिक १४६ रन बनाए । २७० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनमा समेटियो ।

प्रतिक्रिया दिनुहोस्