Logo

आगलागीबाट १० लाखको क्षति



Spread the love

३ वैशाख, लहान। खाना पकाउने क्रममा अचानक ग्यास चुहिएर सिरहा नगरपालिका–१५ सोनार टोलमा आज आगलागी हुँदा रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय रञ्जीत साह सोनारको घरमा खाना पकाउने क्रममा अचानक ग्यास चुहिएर आगलागी हुँदा दुई घर र स्थानीयवासी दीपक साह सोनारको एकतल्ले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा रञ्जीतको घरमा रहेका लत्ताकपडा, अन्नपातलगायत सम्पूर्ण सामानसहित सुनचाँदी र रु दुई लाख तथा दीपकको घरमा रहेको रु ६० हजार समेत गरी करीब रु १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ ।
––– रासस

प्रतिक्रिया दिनुहोस्