Logo

लगातारको जितसँगै सेथु आईडब्लूएलको सेमिफाइनलमा



Spread the love

४ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई सदस्य सम्मिलित सेथु फुटबल क्लब इन्डियन वुमन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा सेथुले बरोडा फुटबल एकेडेमीलाई ७-० ले पराजित गर्दै लिगमा शत प्रतिशत नतिजा निकाल्दै सेमिफाइनलको यात्रा तय गर्यो ।

सेथुका लागि सन्ध्याले ४ गोल गर्दा आशालता देवी, इन्धुमथी कासिरेथान र रतनबाला देवीले १-१ गोल गरे । सावित्रा भण्डारी सुरुवाती रोजाईमा रहेपनि गोल गर्न भने सकिनन् । त्यस्तै , अनिता बस्नेत भने बेन्चमा रहेकी थिइन् । सावित्राले यसअघिको चारै खेलमा गोल गरेकी थिइन् ।

सेथुले लिगको ५ खेलमा ५ जित दर्ता गर्दै लिगको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो । सोमबार सेथुले अब फाइनल प्रवेशका निम्ति सेन्ट्रल एसएसबीको सामना गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्