Logo

तम्घास–सिमलटारी सडक खण्ड बन्द



Spread the love

 

४ जेठ, गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड बन्द भएको छ। शुक्रबार रातिदेखि कालोपत्रे गर्न भन्दै ६ दिनका लागि बन्द गरिएको मदन भण्डारी राजमार्ग कार्यालयले जानकारी दिएको छ।

राजमार्गको तम्घास सिमलटारी प्युठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गते सम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारीसाधनलाई पूर्णरूपमा बन्द गरिएको हो।

बाटो बन्द भएसँगै सदरमुकामबाट पश्चितर्फ आउने जाने दर्जनौँ धेरै सडकहरू प्रभावित भएका छन्। राजमार्ग बन्द भएसँगै सयौँ सवारीसाधन तथा यात्रुहरु मारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्