Logo

जर्मन बुन्डेस लिगाको उपाधि छिनोफानो शनिबार हुदै



Spread the love

४ जेठ, काठमाडौं ।जर्मन बुन्डेस लिगाको उपाधि छिनोफानो शनिबार हुने लिगको अन्तिम खेलमा हुँदैछ । शीर्षस्थानमा रहेको बायर्नलाई उपाधि जित्न केवल १ अंक आवश्यक छ ।

उपाधि होडमा रहेका बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डबीच मात्र २ अंकको दुरी रहेको छ । बायर्नले आइन्ट्रयाक्ट फ्रान्कफर्टको सामना गर्नेछ भने डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडबाकसंग प्रतिस्पर्धा गर्नेछ। लगातार पछिल्लो ६ सिजन उपाधि चुमेको बायर्न त्यस सिलसिलालाई कायमै राख्न चाहन्छ ।

इंग्लिस युवा स्टार जेडन सान्चोको उत्कृष्ट प्रदर्शनमा सिजनभर डर्टमुन्डले उत्कृष्ट प्रदर्शन गरेको छ । दुवै टोलीले पछिल्लो केहि साता अंक गुमाउनुले लिगको अन्तिम खेल निक्कै रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

बायर्न र डर्टमुन्ड दुवैको विपक्षी टोली च्याम्पियन्स लिगमा स्थान बनाउने होडबाजीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्