Logo

लिग वानमा पीएसजीको सहज जीत



Spread the love

५ जेठ, काठमाडाैँ – तीन खेलको प्रतिबन्धपछि खेलमा फर्किएका युवा स्टार केलियन एमबाप्पेले दुई गोल गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले डिजोनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । एन्जल डि मारिया र एडिन्सन काभनीले समान १ गोल गर्दा पिएसजीका लागि केलियन एमबाप्पेले २ गोल गरे ।

खेलको तेस्रो मिनेटमै पीएसजीले एन्जल डि मारियाको गोलबाट अग्रता बनाएको थियो । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । त्यसको एक मिनेट पछि नै इडिन्सन काभनीले गोल गरेपछि पीएसजीले सुरुमै २–० को अग्रता बनायो । काभनीले डि मारियाको पासलाई सदुपयोग गरेका थिए ।

हिजोको खेलमा २ गोल गरेसँगै एमबाप्पेले गोल्डेन बुटमा मेसीसँगको दूरी २ गोलमा झारेका छन् । पिएसजिले अझै १ खेल्न बाँकी छ भने मेसी सम्मिलित बार्सिलोनाले अाज ला लिगाको अन्तिम खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्