Logo

अन्धाधुन्ध गाेली चल्दा ११ जनाकाे मृत्यु



Spread the love

६ जेठ, काठमाडौं । आइतबार अपराह्न एक समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य केही मानिस घाइते भएका छन् ।

स्थानीय समय अनुसार अपराह्न ४ बजे ब्राजिलको उत्तरी प्रान्त पारामा सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष रहेका छन् ।

प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउनेहरु भने अझै फरार रहेका छन् ।

प्रहरीले घाइतेलाई उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्