Logo

सावित्रा पहिलो रोजाईमा पर्न सफल



Spread the love

६ जेठ, काठमाडौं । सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको सेमिफाइनल खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी पहिलो रोजाईमा पर्न सफल भएकी छन् ।

सेथुले आज फाइनल प्रवेशका लागि सेन्ट्रल एमएसबीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ मा सुरु हुनेछ । सावित्राले छैटौं खेल सम्म आइपुग्दा एउटा बाहेक सबै खेलमा पहिलो रोजाईमा मौका पाएकी थिइन् ।

टोलीमा उनीसँगै आबद्ध अनिता बस्नेतले भने खासै मौका पाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्