Logo

‘प्रेमगीत २’को शिर्ष गीत रिलिज



Spread the love

गएको बर्ष रिलिज भएको म्यूजिकल लभस्टोरी चलचित्र प्रेम गीतको सिक्वेलको पहिलो रोमान्टिक शिर्ष गीत रिलिज भएको छ । साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रेम गीत २ को कहानी यो प्रेम गीतको बोलको गीतको भिडियोमा प्रेमगीत  नायक प्रदीप खड्काले नव-नायिका अश्लेषा ठकुरीसँग रोमान्स गरेका छन् ।prem

रोहितजोन क्षेत्री र श्रेया सोताङको स्वर रहेको गीतमा अमृत मरहठ्ठाको शब्द र कल्याण सिंहको संगीत रहेको छ । थाइल्यान्ड लगायतका स्थानहरुमा खिचिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । अझ प्रदीप र अश्लेषाको केमेष्ट्री त झन गज्जबको देखिन्छ । म्यानमार र नेपालबीचको कन्टेन्टमा बुनिएको कथालाई निर्देशक रामशरण पाठकले लेखेका हुन् । यस चलचित्रलाई  नेपालको काठमाडौं, पोखरा, लुम्बिनी र रारामा समेत सुट गरिएको छ । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा रेनिशा बान्तवा राईको कोरियोग्राफी छ ।

preem-geet-22222

 

नयाँ बर्षको शुभकामना सहित निर्माण कम्पनी आशुसेन फिल्मस्ले शिर्ष गीत रिलिज गरेको छ । चलचित्रको प्रतिक्षा दर्शकले गरिरहेका छन् । त्यसमाथि पनि ‘प्रेमगीत’ गीतका कारण हिट भएकाले पनि ‘प्रेमगीत २’को गीत कस्तो होला भन्ने प्रतिक्षा धेरैमा छ ।

हेर्नुहोस भिडियो: 

https://youtu.be/AwiP3vxYyZE

 

प्रतिक्रिया दिनुहोस्