Logo

पहिलो पटक युरोपको शीर्ष ५ लिगमा पुरानै च्याम्पियन दोहोरीए



Spread the love

७ जेठ, काठमाडौं । युरोपेली फुटबलका लिगहरु सकिन लाग्दा केहि लिगका अन्तिम चरणको खेलहरु बाँकी रहदा लिग उपाधिको भने टुंगो लागिसकेको छ । युरोपेली फुटबलको इतिहासमै पहिलो पटक युरोपको शीर्ष ५ लिगमा पुरानै च्याम्पियन दोहोरीए । यो सिजन पनि फ्रान्स, इंग्ल्यान्ड, स्पेन, जर्मनी र इटालीका च्याम्पियनले नै लिग जितेका छन्।
इंग्लिस प्रिमियर लिग : २०१८/१९ : म्यानचेस्टर सिटी – लिभरपुलभन्दा १ अंक र चेल्सीभन्दा २६ अंक अगाडी

इटालियन सिरी ए : २०१८/१९ : युभेन्टस – नेपोलीभन्दा ११ अंक अगाडी(१ खेल बाँकी) र एटलान्टाभन्दा २४ अंक अगाडी

जर्मन बुन्डेसलिगा : २०१८/१९ : बायर्न म्युनिख – डर्टमुन्डभन्दा २ अंक र आरबी लाइपजिगभन्दा १२ अंक अगाडी

फ्रान्सेली लिग १ : २०१८/१९ : पीएसजी – लिलभन्दा १६ अंक(१ खेल बाँकी) र लियोनभन्दा २२ अंक अगाडी

स्पेनिस ला लिगा : २०१८/१९ : बार्सिलोना – एटलेटिकोभन्दा ११ र रियल म्याड्रिडभन्दा १९ अंक अगाडी

प्रतिक्रिया दिनुहोस्