Logo

गुल्मीको सत्यवतीमा मेशिनबाट चल्ला उत्पादन सुरु, स्थानीय हर्षित



Spread the love

८ जेठ, गुल्मी – गुल्मीको सत्ववती गाउँपालिकाद्वारा  नँया कार्यको थालनी गरिएको छ । सो गाउँपालिकाले अहिले गाउँमा नै मेशिनबाट चल्ला उत्पादन गरि जिल्लामै नमुना र नौलो काम गरेको हो । स्थानीय किसानलाई प्रोत्शाहन गर्न तथा गाउँलाई अन्डा तथा कुखुराको मासुमा आत्मनिर्भर बनाउने उदेश्यले उक्त कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले सल्लेरी खबरलाई बताए ।

पाँच लाख पर्ने इन्कुवेटर मेशिनबाट चल्ला उत्पादन गर्ने कार्य सुरु भएको गाउँपालिकाका पशु पंक्षी शाखा प्रमुख नारायण खनालले जानकारी दिए । मंगलबार सल्लेरि खबरसँग कुरा गर्दै खनाले भने, “इन्कुवेटर मेशिनको प्रयोगबाट हामीले चल्ला उत्पादन गर्न सुरु गर्योँ ।  मेशिनबाट एक पटकमा २१ दिनमा ६ सय चल्ला उत्पादन गर्न सकिने खनालले बताए ।

पहिलो पटक किसानले दिएका ४०० अन्डा बाट २१० वटा चल्ला निस्किएको बताईएको छ । साथै, उक्त मेशिनबाट उत्पादन भएका कुखुराले १२०-१८० वटा सम्म अण्डा दिने गाउँपालिकाको विश्वास रहेको छ भने स्वास्थ को लागि पनि पाईदा हुने बताईएको छ ।

सत्यवती गाउँपालिका खसी बोका निर्यात गर्न सक्षम रहेको छ भने उसले केही समय अघि बाख्रा प्रदर्शन समेत गरेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्