Logo

एक महिलाले आफ्नै दुई सन्तानलाई लागू औषध दुव्र्यसनी बनाए



Spread the love

८ जेठ , काठमाडौँ । प्रत्येक आमा बाबु चाहन्छन् कि आफूले जस्तै दुःख छोराछोरीले पनि नभोगुन। तर, एउटा यस्तो घटना जहाँ एक महिलाले आफ्नै दुई सन्तानलाई समेत लागू औषध दुव्र्यसनी बनाएका छन् ।

लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंले कोटेश्वर निवासी  ५० वर्षीया सावित्री श्रेष्ठलाई लागू औषध कारोबारी भएको आरोपमा पक्राउ गरेको छ ।  उनको साथबाट १ हजार १९१ एम्पुल लागू औषधसहित एक लाख ४१ हजार समेत बरामद भएको छ ।

उनले आफ्नै घरबाट लागू औषध कारोबार गर्नुका साथै आफ्ना दुई छोरालाई समेत दुव्र्यसनी बनाएको एसएसपी बसन्त लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्