Logo

काठमाडौंमा ट्रिप्परको ठक्करबाट एक जनाको मृत्यु



Spread the love

९ जेठ, काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–११मा ट्रिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

बा.५ ख ६४४९ नम्बरको ट्रिप्पर र बा. ८० प ७२९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २७ वर्षीय आकाश तामाङको मृत्यु भएको छ ।

उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २८ वर्षीय राजकुमार तामाङको उपचार भइरहेको छ ।

दुवै सवारी चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्र छ ।

प्रतिक्रिया दिनुहोस्