Logo

वायनाडमा चार लाख बढी भोट ल्याएर राहुल गान्धी विजयी



Spread the love

९ जेठ, काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित गरेका हुन् ।

गान्धीले दुई ठाउँबाट चुनाव उठेका मतगणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना जारी नै छ।

गान्धीले वायनाडमा चार लाख बढी भोटले भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएको इकोनोमिक्स टाइम्सले जनाएको छ।अमेठीमा भने गान्धी भाजपाकी उपाध्यक्ष स्मृति इरानीभन्दा आठ हजारभन्दा बढी मतले पछाडि परेका छन्।

मतगणनाको नतिजा आज बेलुकीसम्म आइसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्