Logo

फराकिलो मतअन्तरले कन्हैयाकुमार चुनावमा पराजित



Spread the love

९ जेठ, काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीका कडा आलोचक तथा यूवा नेता कन्हैयाकुमार बिहारको बेगुसरायबाट चुनाव पराजित भएका छन्। उनी भारतीय जनता पार्टीका उम्मदेवार गिरिराज सिंहसँग पराजित भएका छन्।

भाजपा उम्मेदवार सिंहले भारतीय कम्युनिष्ट पार्टीका कन्हैयाकुमारको भन्दा झन्डै चार लाख बढी मत ल्याएर जित प्राप्त गरेका छन्।

गिरिराजले ६ लाख ३ हजार २२ मत पाएका छन् भने कन्हैयाले २ लाख ३६ हजार १३३ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्