Logo

शैक्षिक मेलाको पहिलो दिन ३५ हजार सहभागी



Spread the love

९ जेठ, बिर्तामोड । ‘उत्कृष्ट शिक्षा नेपालमै…’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको चार दिने छैटौँ शैक्षिक मेलाको पहिलो दिन आज ३५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

भृकुटीमण्डपमा शुरु भएको शैक्षिक मेलामा परामर्श लिने विद्यार्थी र अभिभावकको जमघट भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको मेलामा परामर्श कक्ष राखिएका छन् ।

हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार प्रवेश निःशुल्क रहेको मेलामा विद्यार्थी र अभिभावकले कुन विषय किन पढ्ने, विषय छनोटजस्ता विषयमा जानकारी लिएका छन् ।

परामर्श लिन आउनेमा एसइई तथा कक्षा ११ र १२ परीक्षा दिएर बसेका विद्यार्थी छन् । शैक्षिक मेलामा १५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता छ । मेलामा विभिन्न कलेजले निःशुल्क छात्रवृत्तिसमेत उपलब्ध गराउने योजना अघि बढाएका छन् ।
––– रासस

प्रतिक्रिया दिनुहोस्