Logo

चन्द्रागिरी उपमेयर कप भलिबल: थ्री स्टार र न्यू डायमण्ड सेमिफाइनलमा



Spread the love

१० जेठ,  काठमाडौं – होङ्गवान्जी न्यू डायमण्ड एकेडेमी ‘ए’ र थ्री स्टार एकेडमी दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा बिहिबार न्यू डायमण्ड ‘ए’ ले स्प्रिङडेल इन्ग्लिश स्कुलबाट वाकओभर पाएर अन्तिम चारको यात्रा तय गरेको हो ।

समूह ‘ग’ को उपविजेता स्प्रिङडेल क्वाटरफाइनल खेल खेल्न नआएपछि समूह ‘क’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको न्यू डायमण्ड ‘ए’ ले अन्तिम चारको यात्रा तय गरेको हो ।

यस्तै थ्री स्टारले परोपकार आदर्स मा.बि ‘बि’ लाई २-१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । थ्री स्टारले परोपकारलाई २५-१७,२०-२५ र २५-१६ ले हरायो ।

प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १/१ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्