Logo

एकल महिलाका लागि आवास गृह



Spread the love

१० जेठ, काठमाडाैँ – मानव अधिकारका लागि महिला, एकल महिला समूहले श्रीमान्को मृत्युपछि एकल जीवन बिताउँदै आएका महिलाका लागि आवासगृह सञ्चालन गर्ने भएको छ । आज संस्थाले पत्रकार सम्मेलन गरी रजत जयन्तीको अवसरमा सुरक्षित सेवा गृह सञ्चालन गर्न लागेको जानकारी गराएको छ ।

काठमाडौँ महानगरपालिकाको हात्तीगाैँडामा निर्माण गरिएको उक्त भवन आगामी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष लिलि थापाले जानकारी दिइन् । उनले २५ वर्षअघि एकल महिलालाई कोठा भाडामा दिनसमेत हिचकिचाउने गरेको स्मरण गरिन् । “अहिले सबै जिल्लामा एकल महिला सङ्गठित भइसकेका छन्”, उनले भनिन् । एक लाखभन्दा बढी महिला सङ्गठित भएर आत्मनिर्भर बन्नुपर्ने थापाको भनाइ छ । रजत जयन्तीको अवसरमा संस्थाले स्वास्थ्य शिविर र सांस्कृतिक कार्यक्रमसमेत गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्