Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राहुल गान्धीलाई धन्यवाद



Spread the love

१० जेठ, काठमाडौं ।
कांग्रेस अध्यक्ष राहुल गान्धीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धन्यवाद दिएका छन्। लोकसभा चुनावमा विजयी भएको भन्दै गान्धीले मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिएका थिए ।

यसको जवाफ मोदीले ट्विटरमार्फत दिँदै गान्धीलाई धन्यवाद दिएका छन्। लोकसभा चुनावमा भाजपाले सर्बाधिक बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत हात पारेको छ । अब पाँच वर्षको लागि फेरि दोस्रो पटक नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बन्ने छन् ।

राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा भाजपाले क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहारमा बहुचर्चित विपक्षी गठबन्धनलाई पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्