Logo

भावुक हुँदै पद त्याग गरिन् बेलायती प्रधानमन्त्री थेरेसाले



Spread the love

१० जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिएकी छिन् । बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई तीन वर्षसम्ममा पनि टुंगोमा पुर्याउन नसक्दा उनले राजीनामा घोषणा गरेकी हुन् ।

आगामी जुन ७ बाट प्रधानमन्त्री मेको राजीनामा लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भावुक सम्बोधन गर्दै बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आफूले देशबासीको समर्थन जुटाउन निकै कोशिस गरे पनि असफल भएको उनले बताएकी छन् । तर , नयाँ प्रधानमन्त्री नचुनुन्जेल उनी पदमै रहन्छिन् । प्रधानमन्त्री मेले बे्रक्जिट प्रक्रियालाई टुंग्याउन नसक्दा आफुलाई निकै पश्चाताप भएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्