Logo

आगलागी हुँदा ६ घर जलेर नष्ट



Spread the love

१० जेठ, अछाम। अछामको ढकारी गाउँपालिकामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छ । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि गाउँमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

साथै गोठमा बाँधेका ५ वटा बोका, ३० वटा बाख्रा, ५ वटा खसी, १५ वटा बाख्राका पाठा, एक गोरु र निर्प साउँदको ५ वटा बाख्रा जलेर नष्ट भएका छन् ।

साँझ करिब ८ बजेतिर लागेको आगो राती ११ बजे स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्