Logo

प्रकाश सपुत र शान्ती श्रीको “गलबन्दी” सार्बजनिक (हेर्नुहोस् भिडियो)



Spread the love

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुतको नयाँ गीत “गलबन्दी” सार्वजनिक भएको छ । गीतमा प्रकाश सपुत र शान्ती श्री परियारको स्वर रहेको छ। उक्त गीतलाई शब्द/संगीत संयोजन गायक सपूत स्वयम् आफैंले गरेका छन्।

गीतको भिडियोमा प्रकाशसँगै ‘बोल माया’मा कै कलाकार अञ्जली अधिकारी रहेकी छिन्।

गत वर्षको सर्वाधिक हिट गीत “बोल माया”ले जसरी दर्शकलाई रुवायो यो गीतले भने केही भावुक बनाएपनि भरपुर मनोरञ्जन दिनेछ ।

बोल माया जहाँ नीर गएर टुंगिएको थियो त्यहि बाट गलबन्दीको सुरुवात भएको छ ।यस गीतको मोडल अञ्जलि अधिकारीको अभिनय प्रसंसनिय मात्र छैन दिल खोलेर तारिफ गर्न योग्य पनि छ।

भिडियो पनि सपूत आफैले निर्देशन गरेका छन् ।करण चैसिरले छायाङ्कन गरेको गीतलाई प्रबिन भट्टले सम्पादन गरेका छन्।

गीतमा सहायक निर्देशन भने देबेन्द्र बब्लुले गरेका छन्। गाउँ घरमा चाडपर्व अथवा विशेष दिनमा गाउँभरिकै मान्छेहरु भेला भएर गरिने रमाइलोलाई भिडियोमा देखाउन खोजिएको छ ।साथै अब ‘बोल माया’ को भाग २ पनि आउने छ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/QNInfBuBcOA

प्रतिक्रिया दिनुहोस्