Logo

रोनाल्डो तिन देशमा वर्ष उत्कृष्ट खेलाडी घोषित हुने पहिलो खेलाडी बन्न सफल



Spread the love
१३ जेठ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को सर्वाधिक गोलकर्ताको सुचिमा चौथो स्थानमा रहँदै सिजन अन्त्य गरेका छन् ।

रोनाल्डोलाई युभेन्टस र साम्पडोरियाको खेलमा विश्राम दिइएको थियो । उनले लिगमा युभेन्टसलाई च्याम्पियन बनाउने क्रममा २१ गोल गरेका थिए । उनीभन्दा अगाडी सर्वाधिक गोलकर्ता सुचिमा ३ खेलाडी रहेको थियो ।

सर्वाधिक गोलकर्ताको उपाधि रोनाल्डोले नजितेपनि सिरी ए को उत्कृष्ट खेलाडी भने बन्न सफल भएका छन् । युभेन्टसको जितसँगै रोनाल्डो इंग्ल्यान्ड, स्पेन र इटालीमा लिग जित्ने पहिलो खेलाडी पनि बन्न सफल भए । तीनै देशमा वर्ष उत्कृष्ट खेलाडी घोषित हुने रोनाल्डो पहिलो खेलाडी बने ।

प्रतिक्रिया दिनुहोस्