Logo

पारस र सूर्यको घातक बलिङमा प्रदेश ३ लाई १ सय ९ रनको सामान्य लक्ष्य



Spread the love

१४ जेठ, काठमाडौं । कप्तान पारस खड्का र युवा स्पिनर सूर्य तामाङको उत्कृष्ट बलिङमा प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकीले प्रदेश ३ लाई १ सय ९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले ३० ओभर १ बलमा अल आउट हुँदै मात्र १०८ रन बनायो। उसका लागि सुमन घिमिरेले ३२ बलको सामना गर्दै ३४ रन बनाए । त्यस्तै आकाश थापाले ४६ बलमा २८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेन ।

प्रदेश ३ का कप्तान पारस खड्काले ८ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै युवा स्पिनर सुर्य तामाङले ८.१ ओभरमा १ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिएसंगै गण्डकी सस्तैमा समेटिएको हो । नन्दन यादवको नाममा २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्