Logo

गद्दी आरोहणको अवसरमा स्वागत समारोह



Spread the love

१५ जेठ, काठमाडाैँ – जापानी सम्राट नारुहितोको गद्दी आरोहणको शुभ अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हिजो काठमाडौँमा स्वागत समारोहको आयोजना गरेका छन् ।

सो समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थिति थिए । साथै समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, पूर्वमन्त्री, सांसदहरु, नेपाल सरकारका विशिष्ठ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

त्यस अवसरमा राजदूत साइगोले जापान नेपाल सम्बन्धका विविध पक्षको चर्चा गरे । उनले सम्राट नारुहितो सन् १९८७ मा नेपाल आउएको प्रसङ्ग उल्लेख गरे । उनले जापान र नेपालका विदेशमन्त्रीहरुले हालैमात्र दुई देशको आपसी भ्रमण गरेकाले सम्बन्ध थप उचाइमा पुगेको धारणा राखे ।

राजदूत साइगोका अनुसार यही मे महीनामा सम्राट नारुहितोले गद्दी आरोहण गरेपछि जापानमा नयाँ युगको शुरुआत भएको भनी नयाँ युग समारोह मनाउन थालिएको छ । यस समारोहलाई रिवा भनिन्छ । रिवाको अर्थ एक राम्रो सौहार्दता भन्ने हुन्छ । यस अवसरमा नयाँ फूलहरु फुलाउने तथा सौहार्दता बढाउन सांस्कृतिक लगायतका कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्