Logo

मिर्गौला रोगी विश्वकर्माको उपचार गर्न आर्थिक अभाव



Spread the love

१५ जेठ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटकी दुवै मिर्गाैला फेल भएकी ३७ वर्षीया सावित्री विश्वकर्माको उपचार गर्न आर्थिक अभाव भएको छ ।

गएको माघ ३ गतेदेखि नियमित उपचार गर्दै आएकी विश्वकर्माको उपचार गर्दा रु १५ लाखभन्दा बढी खर्च भइसकेकाले थप रकम जुटाउन नसक्दा समस्या परेको परिवारले जनाएको छ ।

लामो समय काठमाडाँैको वीरेन्द्र प्रहरी अस्पतालमा महाराजगञ्जमा उपचार गर्दै आएकी उनले उनको अहिले बुलन्दसिद्धि अस्पताल सामाखुशीमा नियमित डाइलासिस गर्दै आएको जेठाजु धनबहादुर विश्वकर्माले जानकारी दिए । परिवारमा श्रीमान् र दुईछोरा रहेकी विश्वकर्माको उपचारका लागि सबैसँग ऋृण गरेर अहिलेसम्म उपचार गरेको भएपनि अब ऋण खोज्ने ठाउँसमेत नभएको धनबहादुरले बताए ।

बिरामीको अवस्था विस्तारै कमजोर हँुदै गएकाले छिटोभन्दा छिटो मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था भएको विश्वकर्माले जानकारी दिए ।

“चिकित्सकले सकेसम्म छिटो मिर्गाैला प्रत्यारोपण गर्नुपर्छ भनेका छन्, तर आर्थिक जोहो गर्न सकिरहेका छैनौँ” विश्वकर्माले बताए ।

मिर्गौला प्रत्यारोपणका लागि २०÷२५ लाख खर्च लाग्ने जानकारी चिकित्सकले गराएको उनले बताएको छ । गएको तीन वर्षअघिदेखि हातगोडा सुनिने, मुख फुलिनेलगायतका समस्या देखापरेपछि जिल्ला अस्पतालमा पटक–पटक जाँच गर्दा पाठेघरको समस्या भएको बताएको परिवारको भनाई छ ।

पाठेघरको नियमित उपचार लामो समयसम्म निको नभएकी विश्वकर्माको गएको माघमा मात्र मिर्गाैला फेल भएको पत्ता लागेको थियो । शुरु–शुरुमा औषधि खाएर निको हुने आसमा मासिक रु १२ हजारको औषधि खाने गरेको भएपनि झन्झन् समस्या बढ्दै गएपनि अहिले मिर्गाैलाले कामै गर्न छाडेको चिकित्सकले जानकारी दिएको उनले बताए ।

बिरामीको पछिल्लोपटक मासिक दुईपटक मिर्गाैलाको डाइलासिस गर्दै आएको विश्वकर्माले जानकारी दिए । उपचारका लागि रकम अभाव भएपछि गाउँलेले समेत घरघरमा पैसा उठाएर रु ६० हजार रकम उपलब्ध गराएको उनले बताए । “पैसा छैन भनेर मर्न दिन पनि सकिएन, विश्वकर्माले भने , उपचार गर्न पैसा कहीँबाट जुटाउन सकिएको छैन ।”

पछिल्लोपटक बुङ्कोटका स्थानीयवासीले बिरामीको उपचारका लागि रकम जुटाउन सहयोग रसिद नै बनाएर सहयोग सङ्कलन थालेका छन् । विश्वकर्माले बुहारी सावित्रीलाई मुत्युबाट जोगाउनका लागि सक्दो सहयोग गरिदिन सबैलाई आग्रहसमेत गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्