Logo

भारतद्वारा बंगलादेश पराजित



Spread the love

१५ जेठ, काठमाडौं । एक दिवसिय विश्वकप अघि भएको अभ्यास खेलमा उपाधिको प्रमुख दाबेदार रहेको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । ३ सय ६० रनको विशाल लक्ष्य पछाएको बंगलादेशले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ६४ रन मात्रै बनायो ।

उसका लागि मुश्फिकुर रहिमले सर्वाधिक ९० रनको योगदान दिएपनि जितको लागि पर्याप्त रहेन । ओपनर लिटन दासले ७३ रन बटुले ।तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र लिटन दासले १ सय २० रनको साझेदारीका थिए । मोहम्मद मिथुन डक,सब्बिर रहमान ७,मोसाद्देक हसन डक,मोहम्मद सैफुद्दीन १८ र मेहेदी हसन मिराजले २७ रन जोडे ।

भारतका लागि कुलदिव यादव र युजवेन्द्र चाहलले समान ३ विकेट लिए । त्यस्तै जसप्रित बुमराहले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।

त्यस अघि कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३ सय ५९ रन बनायो । भारतलाई विशाल योगफल बनाउन विकेटकीपर महेन्द्रसिंह धोनीले १ सय १३ रनको उत्कृष्ट शतकीय पारी खेले । त्यस्तै केएल राहुलले १ सय ८ रनको महत्वपूर्ण योगदान दिए । एक समय कमजोर अवस्थामा पुगेको भारतलाई धोनी र राहुलले पाँचौ विकेटका लागि १ सय ६४ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याउन सफल भए ।

बंगलादेशका लागि रुवेल हसन र सकिव अल हसनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दीन र सब्बिर रहमानले समान १ विकेट हात परे ।

प्रतिक्रिया दिनुहोस्