Logo

कौस्तुभ कपमा श्रमशीलको दोश्रो जीत



Spread the love

१६ जेठ, काठमाडौं – श्रमशीलले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा जित हात पारेको छ ।

बुधबार भएको खेलमा श्रमशीलले लाइसियमलाई सडनडेथमा पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

श्रमशीलका शिर्षक लुइटेल ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै नेपाल ताराले भीमेश्वर एकेडेमीलाई सडनडेथ तथा नेक्ससले ग्लोरीलाई २–० गोलले हराए ।

नेपाल ताराका समिर बराइली तथा नेक्ससका सन्तोष खत्री ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रतिक्रिया दिनुहोस्