Logo

आज हुने मोदीको सपथ ग्रहण बनर्जीद्वारा बहिस्कार



Spread the love

१६ जेठ, काठमाडौं ।आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने छन् ।

भर्खरै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भाजपाले सर्बाधिक बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

हालैको लोकसभा चुनावको बेलामा मोदीसंग टक्कर लिएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आज हुने मोदीको शपथ ग्रहण समारोहमा भाग नलिने भएकी छन् । पश्चिम बंगालमा बनर्जी नेतृत्वको पार्टी तृणमुल कांग्रेसका कार्यकर्ताहरुले हत्या गरेका भनिएका भाजपाका कार्यकर्ताका परिवारलाई पनि सपथ ग्रहण समारोहमा विशेष पाहुनाको रुपमा निम्तो गरिएसंगै बनर्जीले समारोह बहिस्कार गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मोदीको सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाँदैछन् । सपथ ग्रहण समारोहमा नेपाल, भुटान, मोरिससका प्रधानमन्त्री तथा श्रीलंका, बंगलादेश, म्यानमारका राष्ट्रपति पनि सहभागी हुनेछन् ।

तर, यसपटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई सपथग्रहण समारोहमा बोलाइएको छैन ।

यस पटक ६५ जना मन्त्री हुनसक्ने अनुमान भारतीय मिडियाहरुले लगाएका छन् । यसपटक भाजपाका अध्यक्ष अमित शाह पनि मन्त्री बन्ने चर्चा छ । तर, मन्त्रालयले टुंगो लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्